जेष्ठ १, २०८२ बुधबार

निर्माणाधिन सडकमा जोखिम नहोस्

सम्पादकीय

केहि दिनअघि मात्रै बाह्रदशीमा एक जना युवाको मोटरसाइकलमा यात्रा गर्ने क्रममा मृत्यू भयो । उनले नत कसैलाई ठक्कर दिएका थिए । नत, कसैले उनैलाई ठक्कर दिएको थियो । उनले अकालमै ज्यान गुमाए । कचनकवल –१ का नन्दलाल राजवंशी बाह्रदशीबाट कचनकवल घर तर्फ जाँदै गर्दा दुर्घटनामा परे । त्यसको मुख्य कारण भनेको मुख्य सडक बिचमा खनिएको खाल्डो थियो । सडक निर्माणको क्रममा खनिएको खाल्डोमा राजवंशी मोटरसाइकल सहित परे । गभ्मीर घाइते भएका राजवंशी नजिकैको अस्पतालसम्म पुगेनन् । उनको बाटोमै मृत्यू भयो ।

नन्दलाल राजवंशी यस प्रकारका घटनाका एक प्रतिनिधि मात्र हुन् । यस्ता कयौं घटना छन् । कति घटना बाहिर सार्वजनिक पनि भएका छैनन् । कोहि सामान्य घाइते भएर चुपचाप पनि बसेका छन् । सडक निर्माणका क्रममा खनिएका खाल्डो दुर्घटनाको जोखिम भएका छन् । जथावाभी खनिएका खाल्डोमा कुनै संकेत समेत गरिएको पाइदैन । बाह्रदशीमा रहेको सो खाल्डो नजिकै कुनै संकेत राखिएको थियो भने नन्दलाले ज्यान गुमाउनुपर्ने थिएन । एउटा संकेत बोर्ड राख्नुको सट्टा निर्माण व्यवसायी लाखौं रुपैयाँ क्षतिपूर्ति तिर्न तयार देखिन्छन् ।

मुलुकभर निर्माणको काम भइरहेको छ । निर्माणको लागि संरचनाहरु भत्काउनै पर्छ । भत्काइएका संरचना त्यसै छोड्दा वेखवर भएको व्यक्ति त्यसमा पर्न सक्छ । यसैले पूर्व सतर्कताका लागि निर्माण व्यवसायीले सबैले देख्ने गरि संकेत बोर्ड राख्न जरुरी छ । रातको समयमा यसरी दुर्घटनामा पर्नेहरु कयौं छन् । त्यै पनि निर्माण व्यवसायी सचेत बनिरहेको पाइदैन । हरेक निर्माणको क्षेत्रमा अनिवार्य संकेत बोर्ड राखिनुपर्छ । संरचना भत्काएर बनाउदाँ त्यहाँको अवस्था लथालिङग नै हुन्छ । पानी, विधुत र टेलिफोनका तारमा समेत क्षति पुगिरहेको हुन्छ । ति तार, पाइप मान्छेका लागि थप जोखिम छन् । यसैले पूर्वाधार विकासलाई एम्बुस् नवनाइयोस् । सामान्य सुरक्षाका मापदण्ड अपनाइयोस् । हरेक नागरिक निर्धक्क हिड्न पाउने व्यवस्था मिलाइदेऊ ।

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]