झापामा तीन स्थानबाट कोरोना विरुद्धको खोप लगाउन शुरु
बिर्तामोड । झापाको तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु गरिएको छ । झापाको मेची अस्पताल अनारमनी अस्पतालत र दमक अस्पतलबाट खोप लगाउन शुरु गरिएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले झापामा पहिलो खोप लगाएका छन् ।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले लगाएको जानकारी दिए । यसैगरी, तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोम मनोज भट्टराई र पाँचौ खोप ल्याव टेक्निसियन रमेश भण्डारीले लगाएका छन् ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे लगत्तै स्वास्थ्यकर्मीको टोलीले डा. सुबेदीको देब्रे पाखुरामा खोप लगाएका थिए । विर्तामोडस्थित अनारमनी अस्पतालमा पहिलो खोप डा. हेमन्त राठीले लगाएका छन् । राठी विर्तामोडमा लावण्य स्कीन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आएका छन् । विर्तामोडको खोप अभियानको शुभारम्भमा नगरप्रमुख ध्रुव शिवाकोटीले लगायतको उपस्थिति रहेको थियो ।