एलपी साँवालाई मातृशोक, मिलनचोकमा दाहसंस्कार गरिने
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधिसभाका सांसद एल.पी. साँवा लिम्बूलाई मातृशोक परेको छ ।

सांसद साँवाकी आमा दिलमाया लिम्बूको आज विहान निधन भएको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए । बिएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत आमालाई बुधबार डिस्चार्ज गरेको थियो । डिस्चार्जपछि घर लगिएको पासवानले बताए । दुधेस्थित निवासमा उनको निधन भएको हो । पासवानका अनुसार आमाको दाहसंस्कार आफ्नो परम्परा बमोजिम ११ बजे शिवसताक्षी –९ मिलन चोकमा गरिने भएको छ ।