जेष्ठ १, २०८२ बुधबार

कृषिथोक बदल्नुपर्छ

सम्पादकीय

झापाको विर्तामोडस्थित कृषिथोक बजारले नयाँ व्यवस्थापन समिति पाएको छ । नयाँ समिति बजारको उचित व्यवस्थापनका निर्वाचित भएको छ । यसअघि कर्मचारीकै मातहतमा रहेको कृषि बजार अब किसान र व्यवसायीको मातहतमा आएको छ । व्यापारीबाट किसान र उपभोक्ता पीडित छन् । कर्मचारीको मातहतमा हुँदा कृषिथोक वेलय भएको थियो । अब लयमा फर्किन्छ भन्ने आशा जागेको छ । माघ महिनाको पहिलो हप्ता पदभार ग्रहण गरेको कृषिथोक बजार व्यवस्थापन समितिका सामुन्ने कयौं चुनौति र अवसर छन् । तीन वर्षे कार्यकालमा समितिले आफ्नो जिम्मेवारी पुरा गरेरै विदा भए मात्र औचित्य रहनेछ ।

बजारभित्र फोहोरको ढंगुर छ । ढल निकास अस्तव्यस्त छ । बजारभित्र व्यापारीको एकाधिकार छ । किसानलाई प्रवेश मै निषेध गर्न खोजिन्छ । जताततै व्यापारीको रझाँई छ । किसानलाई सहज व्यापारमा अझै अवरोध हुने गरेका छन् । किसानमाथि ज्यादती समेत हुने गरेको छ । तर, नयाँ समितिका अध्यक्ष कमल पौडेलले अब किसानमाथि कुनै पनि ज्यादती हुन नदिने बाचा गरेका छन् । किसानको उत्पादनमा व्यापारीको मुल्य लादिएको छ । किसानको उत्पादनमा किसानकै मुल्य अनिवार्य गर्नुपर्छ । लामो समय कृषिथोकमा पीडित हुँदै आएका किसानलाई न्याय दिन जरुरी छ ।

कृषि बजारमा सयौं स्टल छन् । सटर पनि छन् । कृषि वस्तु व्यापारका लागि दिइएको ठाउँमा अहिले अन्य सामग्री पनि विक्री वितरण गरिदैं आएको छ । स्टल र सटरको अवैध किनबेच चलिरहेको छ । यस्ता व्यापारीलाई नीति बनाएर कारवाहीको दायरामा ल्याउनुपर्छ । व्यापारमा एक परिवारलाई एक स्टलको व्यवस्था गरिएको छ । तर, एकभन्दा बढि स्टल लिने एउटै परिवार छ भने त्यसलाई हटाउनुपर्छ । स्टल लिएर गोदाम चलाउनेलाई पनि समितिले दायरामा ल्याउनुपर्छ । बजारमा उपभोक्ताको सहजताका लागि व्यापारीले मुल्य सुचीको प्रवन्ध गर्नुपर्छ । नयाँ समितिले व्यापारीको एकाधिकार तोड्नैपर्छ । यो समितिका सामुन्ने अनेकौं चुनौति भए पनि अवसर उत्तिकै छ । त्यसैले नेतृत्व विहीन भएर वर्षौ गुज्रिएको बजारको स्वरुप बदल्न अपरिहार्य छ ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]