बैशाख ३०, २०८२ मंगलबार

ओलीको हस्ताक्षर नभएको उम्मेद्वारलाई निर्वाचन आयोगले चिन्दैन : पोखरेल

इटहरी । नेकपाका सचिवालय सदस्य उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उम्मेद्वारलाई मात्र चिन्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता नतोडिनु बताउनुभयो । निर्वाचन आयोगमा गएर चुनाव नगर्न भनेर नधम्क्याउन समेत उहाँले आग्रह गर्नुभयो । राजनीतिक रुपमा ‘कु’ गरेर अस्थिरता सुरु गर्ने अस्थिरतापूर्ण कार्य हुन लागेकाले त्यसका विरुद्ध ताजा जनादेशमा जानुपरेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

उहाँले प्रचण्डको ढुलमुले प्रवृत्तिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको बताउनुभयो । प्रचण्डमा एउटा सहमति गर्ने अनि काम अर्को गर्ने प्रवृति चुनाव देखिनै देखिएका दृश्टान्त प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रचण्ड माधव समूहले केन्द्रमा पार्टी र राजकीय सत्ता कब्जा गर्न नसकेपछि प्रदेश कब्जा गर्न खोजेको भन्दै त्यो पनि असफल बनाइने बताउनुभयो ।

नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरेले केपी ओलीलाई सडकमा पुर्याउछौ भन्नेहरु आफै सडकमा पुगेका वताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सूर्य चिन्ह केपी ओली नेतृत्वको नेकपाकै हुने दावी गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो उहाँहरु वयलगाडा लिएर हिडिरहनुभएको छ निर्वाचन आयोगले सायद उहाँहरुलाई वलयगाढा चिन्ह दिने छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले सुनसरीमा गुमेको कम्युनिष्ट वर्चस्व अव फिर्ता गराइने दावी गर्नुभयो । केन्द्रीय सदस्य भगवति चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्यहरु तैयव हुसेन र रेवती भण्डारीले सम्वोधन गर्नुभयो ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]