भद्रपुरमा चिठ्ठा बेच्दै हिड्ने पक्राउ
विर्तामोड । लोटरी (चिठ्ठा) विक्रिका भद्रपुर आएका भारतीय युवकलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान प्रहरीले भद्रपुर बसपार्क क्षेत्रबाट चिठ्ठा विक्रिका लागि आएका मोहम्मत समिरलाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले पश्चिम बंगला डाँगीजोतका समिरलाई ४ हजार बराबरको चिठ्ठा समित नियन्त्रणमा लिएको हो । नियन्त्रणपछि थप अनुसन्धानका लागि उनलाई झापा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रवक्ता राकेश थापाले जानकारी दिए ।