जेष्ठ ६, २०८२ सोमबार

झापामा दोस्रो चरणको कोभिड खोप आजदेखि

बिर्तामोड । आजदेखि पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाले एक सूचना जारी गर्दै खोप लगाउन आव्हान गरेको छ ।

स्वास्थ्य कार्यालय झापाले फागुन २ गतेदेखि ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, सुरक्षाकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा छुटेका व्यक्तिहरुलाई खोप लगाउन आव्हान गरिएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

फागुन २ गते मेची अस्पताल भद्रपुर, विर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, ३ गते गौरीगञ्ज गापा, अर्जुनधारा, कचनकवल, मेची अस्पताल भद्रपुर, विर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पताल, ४ गते गौरादह, बाह्रदशी, बुद्धशान्ति, मेची अस्पताल भद्रपुर, विर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पताल, ५ गते शिवसताक्षी, हल्दिवारी र झापा, ६ गते कनकाई, मेचीनगर नपा र कमल गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]