क्रिकेटको उपाधि वडा नम्बर ३ लाई
बिर्तामोड । बिर्तामोड ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।
वडा नम्बर ३ ले फाइनलमा वडा नम्बर ४ लाई हराउँदै उपाधि जितेको हो । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहेको प्रतियोगिता देवी माविको प्रांगणमा भएको थियो । समिति सचिव विशाल अग्रवालका अनुसार खेल सुपर सिक्सको नियमअनुसार खेलाइएको थियो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले खेलकुद गतिविधिमार्फत वडा नम्बर ५ ले गरेको कामको प्रशंसा गरे । उनले युवालाई खेलकुदले स्वस्थ र अनुशासित बनाउने भएकाले प्रतियोगिता जरुरी रहेको बताए । युवा व्यवसायी सुवास भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।
सचिव अग्रवालले स्वागत गरेको प्रतियोगिताको समापन वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गरेका थिए । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो ।