जेष्ठ ४, २०८२ शनिबार

झापा विद्रोहका योद्धा चौधरीलाई बिर्तामोड नगरपालिकाद्वारा घर हस्तान्तरण

बिर्तामोड । झापा विद्रोहका योद्धा टंकप्रसाद चौधरीलाई विर्तामोड नगरपालिकाले घर हस्तान्तरण गरेको छ । सरस्वती पुजाको अवसरमा नगरपालिकाले निर्माण गरिदिएको घर हस्तान्तरण पछि चौधरी परिवारलाई प्रवेश समेत गराइएको छ ।

न्याय र समानताको लागि तत्कालिन शासकको विरुद्धमा आवाज उठाउँदा चौधरीलाई धरपकड गरी ९ वर्ष ३ महिना जेल हालिएको थियो । साविक गरामनी–८ का चौधरी हालसम्म घरबार विहीन थिए । उनलाई घर निर्माणका लागि विर्तामोड नगरपालिकाले पहल गरेपछि बिर्तामोड–४ का विदुर तिवारीले जग्गा उपलब्ध गराएका थिए । उनै तिवारीले उपलब्ध गराएको जग्गामा बिर्तामोड नगरपालिकाले घर निर्माण गरेर प्रवेश समेत गराएको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।

झापा विद्रोहका योद्धा चौधरीका लागि सुरक्षित आवास निर्माण गर्न नगर प्रमुख धु्रव कुमार शिवाकोटीले नेतृत्व गरेका थिए । नगर प्रमुख शिवाकोटी र उपप्रमुख पवित्रा महतराले चौधरीलाई मंगलवार प्रवेश गराएका छन् ।

वर्षौदेखि भाडामा बस्दै आएको चौधरीको परिवारलाई घरसहित ओढ्ने ओच्छ्याउने कपडा, ग्यास चुलो, २ वटा खाट उपलब्ध गराइएको छ । साढे पाँच लाख लागतमा घर निर्माण सम्पन्न गरिएको योजना शाखा प्रमुख जय तिम्सिनाले बताए ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]