सामाजिक अभियन्ता दासलाई पितृशोक
विर्तामोड । सामाजिक एवम् युवा अभियन्ता दिपक दासलाई पितृशोक परेको छ । उनको बुबा देव नारायण दासको बिहीवार ७७ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ ।

दासका बुबा लामो समयदेखि सुगरप्रेसरका विरामी थिए । एक सातादेखि विर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । कनकाई नगरपालिका–८ निवासी दास गाउँमा ‘डाक्टर’ का रुपमा परिचित थिए । उनको कनकाई माईमा बिहीवार साँझ दाहसंस्कार गरिएको छ । दिपक दास युथ एक्सन नेपालका पूर्व झापा जिल्ला संयोजक हुन् ।