एमाले महाधिवेशन मंसिरमा, २३ माओवादी नेता केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।