इलाममा सिम्रिकका थप दुई सेवा केन्द्र विस्तार
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शाखा विस्तार गरेको छ ।
२०६७ सालमा स्थापना भएको सिम्रिक साकोसले २४ औं सदस्य सेवा केन्द्रको रुपमा इलाम नगरपालिका–७ इलाम बजारमा र २५ औं सदस्य सेवा केन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा सेवा विस्तार गरेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । यसअघि इलामको दानावारीमा समेत सदस्य सेवा केन्द्रको रुपमा सेवा विस्तार गरिएको थियो ।

कार्यक्रममा सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको गतिविधी माथी प्रकाश पार्दै सिम्रिक साकोसले प्रदान गर्ने सम्पूर्ण वित्तिय सेवा इलाम शाखाबाट प्रदान गरिने जानकारी दिए ।
सिम्रिक साकोसको झापा, मोरङ र इलाम जिल्लामा रहेको २७ वटा सेवाकेन्द्रमा ३३ हजार छ सय चार जना शेयर सदस्य, शेयर चुक्ता पुँजी २० करोड ६७ लाख ४८ हजार पाँच सय ७० रुपैयाँ , निक्षेप ७२ करोड ५९ लाख २२ हजार पाँच सय ७४ रुपैयाँ , ऋण लगानी एक अर्ब २९ करोड २६ लाख ४४ हजार आठ सय ८० रुपैयाँ रहेको उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने, उद्योग वाणिज्य संघ इलामका कार्यकारी निर्देशक नविन लामिछाने, होटल एशोसिएसन इलामका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष देवी पौडेललगायतले सिम्रिक साकोसले इलाममा सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए । त्यस्तै सिम्रिक साकोसले २५ औं सदस्य सेवा केन्द्रको रुपमा सूर्योदय नगरपालिका – १० फिक्कलमा सदस्य सेवा केन्द्र स्थापना गरेको छ ।