हल्दिवारीमा एमालेको जनवर्गीय संगठनका कमिटी घोषणा
हल्दिवारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दीबारी गाउँ कमिटीले पार्टी स्थापना दिवसको अवसर पारेर जनवर्गीय संगठनका कमिटीहरु घोषणा गरेको छ । सोहि अवसरमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेत आयोजना गरिएको थियो ।

जनवर्गीय संगठन अनेरास्ववियु ,अनेमसंघ , राष्ट्रिय युवा संघ नेपाल र नेपाल उत्पीडित जातीय मुक्ती समाजको गाउँ कमिटीे पार्टीका हल्दीबारी अध्यक्ष गौतमले घोषणा गरेका छन् । कार्यक्रममा राप्रपा र नेपाली कांग्रेस परित्याग गरी राप्रपाका वडा कमिटी अध्यक्ष खेम चौलागाईं, सचिव मोहन गिरी, बिबेक पुरी, दिलिप राय लगायत ५० जना भन्दा वढि नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् । सो कार्यक्रममा प्रदेश सांसद् प्रमुख अतिथी बसन्त बानियाँ , प्रदेश कमिटी सदस्य एवम् जिसस प्रमुख सोमनाथ पोर्तेल, एमाले नेता शिव ढुङ्गेल , डम्बर गिरी ,सागर पोर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा (एमाले) हल्दीबारीका अध्यक्ष हरि गौतमको अध्यक्षता एवंम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला कमिटी कार्यालय सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य तथा प्रदेश ख सम्वन्य कमिटी संयोजक डम्बर बहादुर गिरी , युवा नेता एवम् हल्विारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य सागर पोर्तेल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य बलराम गिरी लगायतको आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी झापा जिल्ला कमिटी सदस्यहरु ,अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्यहरु , गाउँ कमिटी सदस्यहरु ,वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।