जेष्ठ ७, २०८२ मंगलबार

दुई हजार ४८६ सङ्क्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ७१ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]