प्रधानमन्त्री ओली र माधव नेपाल बिचको वार्ता सहमति नजिक
काठमाडौं । राष्ट्रपति कार्यालयमा विहीवार रातीसम्म चलेको प्रधानमन्त्री केपी शर्मा ओली र मावध नेपाल विचको वार्ता सहमति नजिक पुगेको छ । राष्ट्रपति विधादेवी भण्डारीले दुवै नेतासँग मध्यराती सम्म छलफल गरेको स्रोतले बतायो ।

नेकपा एमालेको विभाजन रोक्ने सन्दर्भमा वार्ता केन्द्रीत भएको बुझिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि नेपाल राष्ट्रपतिसँग छलफल पुगेको थिए । सोहि क्रममा प्रधानमन्त्री ओली पनि छलफलका लागि पुगेका थिए । नेपाल समूहलाई गरेको कारवाही रोक्न प्रधानमन्त्रीले कमिन्टमेन्ट गर्नुपर्ने छलफलमा चर्चा भएको थियो । सो वार्ताले नयाँ सहमति किाल्न सक्ने नेताहरुले बताएका छन् ।