असार २०, २०८२ शुक्रबार

माधव नेपालसँग हिसावकिताव गरिन्छ : ओली

विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग हिसावकिताव हुने बताएका छन् । आज काठमाडौं सम्पादकहरुसँगको व्रिफिङमा नेपाल समूहले गर्दै आएको राजनीतिक अपराधको हिसाव हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नु, आफ्नै पार्टीको उम्मेद्वार राम बहादुर थापा बादललाई पराजित गराउने, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको सरकार विरुद्ध प्रतिपक्षी दलसँग मिलेर गलत गतिविधि गरिएकोले नेपाल पक्षसँग आगामी दिनमा हिसाव हुने बताएका हुन् ।
विश्वासको मत नलिने र नयाँ सरकारको लागि राष्ट्रपतिले आव्हान गरेपछि प्रधानमन्त्री ओलीले सम्पादकहरुलाई वर्तमान अवस्थाबारे जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, मलाई समर्थन नगर्ने हो भने नेपाली कांग्रेस, माओवादी केन्द्रले बहुमत पुर्याएर सरकार बनाए हुन्छ । सरकार विरोधी गतिविधि काम गर्नेहरुका लागि नयाँ सरकारको लागि मार्ग प्रशस्त गरेको बताए ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  १ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]