बैशाख २९, २०८२ सोमबार

सांसद् खरेलको कदम मतदाता, पार्टी र आम झापाली जनतामाथिको गद्दारी : नेता गौतम

विर्तामोड । झापा २ कि सांसद पवित्रा खरेलले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकी छन् । उनले गत साता मात्रै हस्ताक्षर नगर्ने अभिव्यक्ति दिएकी थिइन् ।

नयाँ सरकारका लागि राष्ट्रपतिबाट आव्हान भएपछि विपक्षी गठबन्धनमा लागेर झापाबाट निर्वाचित सांसद् खरेलले हस्ताक्षर गरेको प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएकी छन् । उनले हस्ताक्षर गरेको कुरा बाहिर आएपछि सर्वत्र विरोध भएको छ । उनले मतदातामाथि ठुलो गद्दारी गरेको प्रतिक्रिया आइरहेको छ ।

झापा विद्रोहका सशक्त योद्धा एवम् संविधान सभाका सदस्य मनकुमार गौतमले खरेलले कांग्रेसको दास भएर मतदातामाथि गद्दारी गरेको प्रतिक्रिया दिएका छन् । इजलाससँग छोटो कुरा गर्दै गौतमले खरेलको कदम मतदाता, पार्टी र आम झापाली जनतामाथिको गद्दारी भएको बताएका छन् । उहाँले सुखानीका शहीदको रगतमाथि समेत गद्दारी गर्नुभयो, गौतमले थपे – उहाँलाई अब जनताले दण्डित गर्नेछन् ।

सांसद् खरेलसँग यसबारे थप बुझ्न सम्पर्क गर्दा फोन रिसिभ गरिनन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]