हल्दिवारीमा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान
हल्दिवारी । फ्रन्टलाइनर प्रहरीलाई युवा संघ नेपाल हल्दिवारी र अनेरास्ववियु हल्दिवारी गाउँ कमिटीले कोभिड स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिडको जोखिमका बिच सुरक्षार्थ खटिने प्रहरीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य बलराम गिरीले जानकारी दिए ।

हल्दिवारी गाउँपालिका क्षेत्रमा रहेको जलथल प्रहरी चौकी , गोलधाप प्रहरी चौकी र हल्दिवारी प्रहरी चौकीलाई ३० हजार मूल्य बराबरको माक्र्स , सेनिटाइजर , ग्लोभ्स् ,फेससिल्ड हस्तान्तरण गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य गिरीले बताए ।
युवा संघ हल्दिवारीका अध्यक्ष सैलेन्द्र सिटौला , उपाध्यक्ष सरोज दाहाल ,कोषाध्यक्ष अनिल मेचे ,अमृत मेचे युवा संघ हल्दिवारी सदस्य तथा अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष विजय राई लगायतको सहभागितामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।