मेस्सीलाई आठौं पटक ‘पिचिची ट्रफ्री’
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् ।
ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो ।
अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे ।
यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए । मेस्सीले आठौं पटक पिचिची ट्रफी जितेका हुन् । यस्तै मेस्सीले लगातार पाँचौं सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।