विपक्षी गठबन्धनको किर्ते कामले मुलुक निर्वाचनमा गयो : प्रधानमन्त्री ओली
विर्तामोड । प्रधानमन्त्री केपी शर्माले विपक्षी गठबन्धनको किर्ते कामका कारण मुलुक मध्यावधि निर्वाचनमा अघि बढेको बताउनु भएको छ । उहाँले पत्रकारसँग कुराकानी गर्दै विपक्षी गठबन्धनले बहुमत दावी गर्न किर्ते काम गरेकै कारण निर्वाचनमा मुलुक गएको बताउनु भएको हो ।
पत्रकारहरुले उहाँलाई भने, विपक्षी गठबन्धनको १४९ र तपाईको १५३ हुँदा तपाईलाई किन प्रधानमन्त्री नियुक्त गरिएन भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले जवाफ दिदैं भने – राष्ट्रपतिले मेरो १५३ दावी भएपनि विश्वासको मत लिन सक्ने अवस्था नदेखेका कारण नियुक्त नगर्नु भएको हो । उहाँले थप्नुभयो, विपक्षीको १४९ किर्ते भएका कारण उहाँहरुलाई पनि नियुक्त गर्न सक्नुभएन ।
आगामी निर्वाचनको बारे उहाँले स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रविधिको प्रयोग गरिने बताउनुभयो । सिसि क्यामेरा, ड्रोन चुनावमा प्रयोग हुने उहाँको भनाई छ । सँगै, रिक्त मन्त्री पद् बारे बोल्दै उहाँ भन्नुभयो – संविधान बमोजिम राष्ट्रिय सरकार बन्न पनि सक्छ । मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाएर निर्वाचन गर्न सकिन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रचण्ड, माधव नेपालहरुले निर्वाचनबाट डराउर यसबारे भ्रम छरेको उहाँको आरोप छ ।
जेठ १५ मा अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।