बैशाख २९, २०८२ सोमबार

कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि कनकाईका संक्रमितलाई राहत

सिएम शर्मा
कनकाई । झापाको कनकाई नगरपालिकामा कोभिड १९ को सङ्क्रमणको पहिलो लहरबाट दोस्रो लहरसम्म आईपुग्दा ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये उपचार पछि ३२६ जनाको डिस्चार्ज भइसकेको छ ।

कोभिडको पहिलो भेरियन्टको क्रममा २५४ जना र अहिलेको दोस्रो भेरियन्टको क्रममा २०८ गरि हालसम्म ५६२ जनामा सङ्क्रमण फैलिएको छ । पहिलो चरणमा १ महिला र ५ पुरुष संक्रमितको मृत्यू भएको थियो । दोस्रो भेरियन्टमा २ महिला, ४ पुरुष गरि हालसम्म कनकाईमा १२ जना संक्रमितले ज्यान गुमाएको कनकाई नगरपालिकाका कोभिड फोकल पर्सन नारायण अधिकारीले बताएका छन् ।

अहिले २१७ जना सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् । त्यसमध्ये १ जनालाई शनिवारबाट कनकाई नगरले सुरुङ्गा स्वास्थ्य केन्द्रमा संचालनमा ल्याएको कोभिड अस्पतालमा उपचाररत रहेको र ६ जना सङ्क्रमित भद्रपुर , दमक , घोपा बिराटनगर लगायतका अस्पतालमा उपचाररत अबस्थामा रहेको अधिकारीले जानकारी दिए ।

अहिले कनकाई नगरले कोभिड अस्पताल सुरु गरिसकेको छ । अक्सिजन सहितको २० शैय्या रहेको आइसोलेशन वार्ड तयारी रहेकाले डाक्टरको परामर्श अनुसार होम आइसोलेशनमा रहन नसक्ने गम्भीर किसिमका बिरामीले अब समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नआउने उनको भनाई छ ।

साथै घरघरमा चिकित्सक सहित जनप्रतिनिधि संक्रमितको घर गई औषधि , भिटामिन र स्वास्थ्य परामर्श दिने , सामान्यतय : सानो अक्सिजन सिलिन्डरको आवश्कता रहे अक्सिजन समेत उपलब्ध गराउदै आएको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

नगरमा कोभिड अस्पताल नहँुदाको अबस्थामा सङ्क्रमितको स्वास्थ्यमा कुनै समस्या आए तुरुन्तै अस्पताल जानपरेमा जनप्रतिनिधिको सम्पर्कमा रहि संक्रमितका लागि नगरमा रहेको नगर एम्बुलेन्स साथै रेडक्रस लगायतका एम्बुलेन्स मार्फत नगरले निशुल्क रुपमा भद्रपुर , दमक , बिराटनगर , धरान लगायतका सरकारी अस्पतालमा पु¥याउने ब्यवस्था मिलाएको छ । आफै खर्च व्यहोर्ने संक्रमितलाई प्राइभेट अस्पतालमा जान एम्बुलेन्सको सेवा नगरबाट निःशुल्क नै उपलब्ध गराउँदै आएको पोखरेलको भनाई छ । कतिपय अवस्थामा वेड पाउनै समस्या थियो तर अहिले हामीले नै कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि राहत मिलेको छ । सो कामले नगरवासीलाइ धेरै राहत मिलेको नगर प्रमुख पोखरेलको भनाई छ ।

महामारीको अबस्थालाई अझ व्यवस्थित गर्दै संक्रमित नागरिकको लागि स्वास्थ्य परामर्श लिन सहज होस भन्दै नगरले डाक्टर अभिषेक नायकको ९८५२६३०११९ सम्पर्क नम्बरमा उपलब्ध गराइएको छ । आवश्यक स्वास्थ्य परामर्श लिन र अस्पताल भर्ना हुनुपर्ने अवस्था भए तुरुन्तै अस्पतालसम्म ल्याउने समेत व्यबस्था मिलाईएको पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]