बैशाख २८, २०८२ आईतबार

जनप्रतिनिधिलाई जुत्ताको माला लगाएर घुमाउने भनेपछि गौरादहमा तनाव

विर्तामोड । झापाको गौरादह नगरपालिकामा तनाव भएको छ । केहि समयअघि राहतमा आएको चामल कुहिएको र त्यसलाई नगरपालिकाले नष्ट गरेको विषयलाई लिएर विवाद भइरहेको छ । परिवर्तनका लागि युवा अभियान नामक समूहले नगरपालिकाले चामल नष्ट गरेको विषयलाई उठाइरहेको छ ।

नगरपालिका परिसरमा नगर प्रमुख रोहित शाह र गिता भेट्वालले यसबारे आफ्ना कुरा राख्ने क्रममा नगरपालिका पुगेको समूहले हुलहुज्जत गरेको छ । चामल नष्ट गरिएको विषय बारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको सो समूहले विज्ञप्ति जारी गर्दै कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ । बिहीवार तालावन्दी गर्ने भनिए पनि कडा सुरक्षाका कारण तालावन्दी हुन सकेन ।

सोहि समूह आज पनि नगरपालिका पुगेको छ । नगरपालिकामा तनाव हुने भएपछि सुरक्षाकर्मी परिचान गरिएको एक जनप्रतिनिधिले जानकारी दिएका छन् । सामाजिक संस्था भनिएको युवा अभियानले सामाजिक सञ्जालबाट अमर्यादित भाषामा जनप्रतिनिधिलाई जुत्ताको माला लगाएर गौरादह परिक्रमा गराउने लेखेको छ । सामाजिक सञ्जालबाट अमर्यादित विषय लेखेको र भाटासम्म हान्ने लगायतका विषयले नगर परिषरमा विवाद भएको छ ।

नगरपालिकामा उपस्थित भएका कांग्रेस समर्थकले सामाजिक सञ्चालनमा मनपरी लेखेको विषयलाई प्रतिकार गरेका छन् । एक स्थानीय भन्छन्, जनप्रतिनिधिले गल्ति गरेमा कानुन बमोजिम कारबाही गर्ने बाटो छ । तर, जुत्ताको माला लगाउने, भाटा हान्ने विषय पनि गलत छन् । उनले थपे, राहत दिनुपर्ने चामल विगार्नु हदैसम्मको कमजोरी हो । त्यस बापत गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनै पर्छ । कानुनी राज्यमा जुत्ताको माला लगाएर घुमाउछौं भन्ने विषय लेख्नु पनि ठिक होइन, उनी भन्छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]