बैशाख २८, २०८२ आईतबार

चुरेको गित सन्जालको सङ्गीत

प्रेम गिरी

आजभोलि भ्रमको फण्डा चुरे बनेकोछ र चुरो कुरो बुझ्न वाँकी रहेका कारण चुरे गितमा राम्रै सङ्गीत भरिएको छ।

चुरे भावरको भुगोलमा हाम्रो बसाई छ र यस क्षेत्रको खोलाजन्य उत्खननको प्रत्यक्ष मार खेपेको एउटा पीडित समुदायभित्र हामी पर्छौ।
१)हामी(हजारौं भुक्तभोगीहरु) चुरे क्षेत्रमा पर्ने खोला ,खोल्सा धरधरे ,पहिरो ब्यहोर्दै यहाँ उत्पादन हुने खोलाजन्य ढुङ्गा, बालुवा,रोडा,गेग्र्यान,माटो, त्यसका ठेक्कापट्टा प्रकृया, बैध अबैध ओसारपसार बारे भुक्तभोगी भै भुक्तमान समेत ब्यहोरिरहेका छौं ।

२)हिजो बन जङ्गलमा बैध अबैध दुबै किसिमले पैसा कमाउन सकृय शक्ति र रोजगार का लागि गएको श्रमशक्ति दुबैथरी नेपालमा सामुदायिक बन लागू भएपछि एउटा प्राकृतिक स्रोत बनजन्य उत्पादन छोडेर अर्को प्राकृतिक स्रोत बगरजन्य उत्खननमा हाम फालेको छ।यसमा नयाँ उमेरका युवाहरु बढी कृयाशील छन्। बनमा आश्रय लिएका श्रमिकहरु एउटै खोलामा हजारौं परीवार जोडिएका छन् ।

३)हाम्रो देशबाट एकपैसा नलिइकन सित्तैमा भारतमा निकासी हुँदै गरेको र अझै पनि भैरहेको बस्तु भनेको माटो गिटी बालुवा हो। ढुवानी साधनभनेको गुरुत्वमा आधारित पहिरो खोलो धरधरे खोल्सो र बाढी हो। हाम्रोमा त्यो स्रोत जोगाउने , आवस्यक अनुसार प्रयोग गर्ने र ब्यवस्थित गरेर पैसा लिएर दिने तिर जान बल्ल बिरोध र समर्थनको तरिकाले छलफल शुरु भएको छ।

४)सरकारले बल्ल चाल पायो कि शिवालिक चुरे भावरबाट बग्ने खोलालाइ आधार मानेर ढुङ्गा गिटी बालुवा उत्खनन् गर्दा त्यहाँ बसेका मान्छे,जीव जनावर, रुखपात , पानी सबैतिर असर परेको छ, स्रोत सुकेको छ बिग्रीएको छ भत्किएको छ नासिएको छ भनेर।यति ढिलोगरी भएपनी आगामी आबको बजेटमा ढुङ्गा गिटी बालुवाका लागि खानीको अवधारणा अघि सारेको छ।खोलाबाट पीडित ,उत्खननको असरबाट पीडितहरुमा यो निर्णयले आशा पलाएको छ। अहिले विद्वानका नाममा बिज्ञानका नाममा विज्ञका नाममा सरकारको यस कदमको समर्थन वा आलोचना त होइन बिरोध पो भएको छ।काठमाडौ बुद्धि बिलास गरेर दिग्भ्रमित गर्ने कितावका बुद्धिवालाहरुको पनि अखडा हो। पानी बुद्धि , खानी बुद्धि ,खेती विद्वान , रुपैयाँ पैसा (अर्थ) विद्वान , राजनीतिवादका विद्वान , बिकास विद्वान सबै भेटिन्छ त्यहाँ। उनीहरुले के खान्छन् , कसको खान्छन् ,खान कहाँ जान्छन ,कसको आदेश लिन्छन् र नेताहरुलाइ कस्तो सल्लाह दिन्छन् भन्ने कुरा निक्कै गहिरो कुरो हो। प्रफेसनल बिज्ञ , विद्वान , बिद्धिजीवी र भुक्तभोगिहरु प्रसस्त छन् हाम्रोमा तर उनीहरु ट्याउट्याउ गर्न आउँदैनन , भ्याउदैनन र चाहदैनन् पनि। म कम्युनिस्ट काङ्ग्रेस वा अरु केही नभनी नेताहरुलाइ दस औंला जोडेर शीर झुकाएर भन्छु कतै पढेर कतै देखेर अर्काको तरिका बुझेर हाम्रो मौलिक समाज बिज्ञान बिपरित आउने सल्लाह होइन हाम्रै समुदायरुपी पाठशालाबाट हुर्किएका देशभक्त यथार्थपरक विद्वानहरुका तत्वज्ञानलाइ नेतृत्वले हाम्रो बिज्ञान बनाउन सक्नु पर्छ।सबै आलोचना कान थापेर सुन बिरोधको कान थुनेर गन्तब्य तिर हिन को तरिका नै काम गर्नेहरुको सहि उपाय हो।

सरकारको ढुङ्गा गिटी बालुवा खोलाबाट होइन खानीबाट चुरेबाट हुन्न खानीबाट भन्ने साहस बन्दनीय छ। सबैको बिश्वास र सहकार्यबाट यो काम सफल गर्नुपर्छ ,शुभकामना छ।
क्रमशः

प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार  १ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]