कांग्रेस सांसद् वैधले माफी मागे
काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले संसदबाटै प्रधानमन्त्रीविरुद्धको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।

शनिबारको बागमती प्रदेश सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिप्रति आत्मालोचना गरेका हुन् । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे,’ उहाँले भन्नुभयो, ‘तर आवेसमा आएर बोलेँ ।’
वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।