हल्दिवारी १ ले बाढ्यो कृषि सामग्री र इन्डक्शन चुलो
विर्तामोड । हल्दिवारी १ नं. वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि औजार वितरण गरेको छ । गोल्धाप क्षेत्रभित्रका मेहनती किसानलाई मकै छडाउने मेसिन र स्प्रे ट्याङ्की प्रदान गरिएको वडा अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
आर्थिक वर्ष ०७७/७८ को कार्यक्रम अन्तर्गत किसानलाई सो सामग्री प्रदान गरिएको हो । वडाध्यक्ष सापकोटाका अनुसार ५० प्रतिशत वडाको अनुदानमा सामग्री उपलब्ध गराइएको हो । २४ जना किसानलाई स्प्रे ट्याङकी र १५ जना किसानलाई मकै छडाउने मेसिन दिइएको छ ।

यस्तै, वडाले गरिव विपन्न र दलित समुदायलाई ७५ थान इन्डक्शन चुलो दिएको छ । ३६ परिवार दलित र अन्य परिवारलाई गरेर चुलो हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । २ लाख ५० हजार बजेटबाट इन्डक्शन चुलो वितरण गरिएको हो । ग्यास खरिद गर्न नसक्ने, रोगी विरामीको परिवारलाई लक्षित गरि इन्डक्शन वितरण गरिएको वडाध्यक्ष सापकोटाले बताए ।