पोखरीमा बेपत्ता भएका सोरेन मृत अवस्थामा फेला

बिर्तामोड । आइतबार साझ पोखरीमा बेपत्ता भएका ४० वर्षीय माइकल सोरेन १७ घण्टापछी फेला परेका छन् । अर्जुनधारा ११ स्थित मेयर हरि रानाको पोखरीमा सोरेन बेपत्ता भएका थिए । उनको खोजीका लागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले परिचालन गरिएको थियो ।
झापा प्रहरीका अनुसार सोरेन मेयर रानाको घरमा काम गर्दै बसेका ब्यक्ती हुन् । उनी आइतबार साझ ५: ४० बजे पोखरीमा डुबेको शनिश्चरे प्रहरीलाई खबर गरिएको थियो । प्रहरी सहितको टोलीले हिजै देखि खोजी जारी राखेको थियो । झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार आज बिहान १० बजे सोरेनलाई मृत अवस्थामा फेला पारिएको छ ।
शवको पोस्टमार्टमका लागि कानुनी प्रकृया पूरा गरि मेची अस्पताल भद्रपुर पठाइएको छ ।