आगामी योजनामा युवालाई समेट्न ध्यानाकर्षण
अच्युत सुबेदी
विर्तामोड । अबको बजेटमा आपूmहरुका माग समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि युवा नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिभिन्न समयमा भएका क्रान्तिहरुमा युवाहरुको ठूलो योगदान भए पनि अन्ततः उनिहरु बिदेशिन बाध्य भएकोले स्वदेश मै रोजगारी सिर्जनामा स्थानिय तहले योजना बनाउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उनीहरुलाई बिदेश पलायन हुनबाट रोक्न राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ का निर्देशक सिद्वान्त, रणनीति र योजनालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो ।
लघुउद्यम, सीप बिकास तालिम, व्यवसायिक कृषि, बिदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गर्नका लागि आवश्यक प्रस्तावका आधारमा योजना बनाउने लगायतको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिईएको छ । त्यसैगरि होम स्टे लगायतका व्यवसायिक क्षेत्र, युवा रोजगार प्रवद्र्धन केन्द्र, युवा आइटी पार्क, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना, खेलकुद लगायतका क्षेत्रलाई नगरपालिकाको बजेटमा समेट्नुपर्ने युवाहरुले आवाज उठाएका छन् ।
राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीका अध्यक्ष पारस संग्रौला, बिर्तामोड नगर इन्चार्ज केशव भण्डारी लगायत करिव २० जना युवाहरु नगरपालिकामा उपस्थित भएर नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनिहरुले युवाहरुको अनुभव आदान प्रदानका लागि नगर युवा सम्मेलन तथा यूवा महोत्सवको आवश्यकता रहेको तर्पm समेत नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
युवाहरुमा एच.आइ.भि. लगायतका प्राणघातक रोगबारे सचेतना, युवा स्वयमसेवक परिचालन कार्यबिधि तर्जुमा लगायतमा नगरपालिकाको चासो हुनुपर्ने समेत बताए । ध्यानाकर्षण पत्र बुभ्mदै नगर प्रमुख शिवाकोटीले युवाहरुलाई धन्यवाद् दिएका थिए । बजेट बाँडफाँडको चरणमा नै यस्ता युवा लक्षित प्रस्ताव ल्याएको भन्दै शिवाकोटीले यो यसको राम्रो अध्ययन गर्दै अगाडि बढ्ने बताए ।