जेष्ठ १, २०८२ बुधबार

प्रदेश १ मा थोक उपभोक्ता विशिष्टकृत सहकारी दर्ता

विर्तामोड । नेपाल मै पहिलो पटक प्रदेश १ मा थोक उपभोक्ता विशिष्टकृत सहकारी संघ लि. विर्तामोड झापा दर्ता भएको छ । प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालयले संस्था दर्ताको प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

संघले प्रदेश सहकारी ऐन २०७६ को नियम ३६ (क) बमोजिम दर्ताको प्रमाणपत्र पाएको छ । सहकारी पसलहरुलाई थोक मुल्यमा सामग्री उपलब्ध गराउने उदेश्यले दर्ता गरिएको संघ राष्ट्रिय सहकारी महासंघले प्रवद्र्धन गरेको हो । प्रदेशभरमा हरेका सहकारी पसललाई व्यवसायिक सहयोगका लागि संघ दर्ता गरिएको तदर्थ समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार विशिष्टकृत सहकारी संघमा ५ सय सहकारी आवद्ध गराउने उदेश्य छ । २ करोड लागतमा सहकारी पसल सञ्चालन गर्ने र नागरिकलाई सुपथ मुल्यमा आवश्यक सामग्री उपलब्ध गराउने गिरीको भनाई छ ।

संघले सहकारी पसललाई सामग्री सहित प्राविधिक सहयोग समेत उपलब्ध गराउने बताइएको छ । सरकारको समेत सहयोग हुने संघमा झापा ,मोरङ र सुनसरीका ३१ सहकारी आवद्ध भइसकेका छन् । पहिलो चरणमा १ करोड ८ लाख रुपैयाँ संकलन भइसकेको संयोजक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]