बैशाख २८, २०८२ आईतबार

सबै नागरिकमा खोप पुर्‍याइने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने बताउनुभएको छ । आज त्रिशुली-३ बी प्रसारण लाइन र सबस्टेसनको भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले समूह तोकेरै सबै जनसङ्ख्यामा खोप पुर्‍याइने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले खोपको समस्या समाधान भएको पनि बताउनुभयो । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई उपलब्ध गराइने बताउनुभयो ।

साथै, उहाँले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्याम्पेन नै चल्ने उल्लेख गर्नुभयो । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  २ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]