देउवासँग नेपालको ‘फस्ट हेन्डचेक’
बिर्तामोड । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग एमाले नेता माधव नेपालले पहिलो बधाई दिएका छन् । उनले ‘फस्ट हेन्डचेक’ गर्दै पहिलो बधाई दिए । सपथग्रहण सकिएपछि नेपाल हत्तपत्त देउवा सामुन्ने पुगेका थिए ।

नेता नेपालकै राजनीतिक स्वार्थले प्रधानमन्त्री बनाइएका देउवालाई बधाई दिदैं शिलत निवासबाट विदा भएका छन् । नेपालपछि प्रचण्डले बधाई दिए । उनले हात नमिलाई नमस्कार गर्दै बधाई दिएको भिडियोमा देखिन्छ । विशिष्ट नेतामध्ये नेपाल बाहेक सबैले नमस्कार गरेर बधाई दिए ।