बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरीवाना तोकिएका झापाका ढुंगेल पक्राउ
चितवन । बैंकिङ कसुर मुद्धामा अदालतले दुई करोड ५६ लाख जरिवाना तोकिएका एक फरार व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थायी घर दमक नगरपालिका वडा नम्बर १६, झापा र अस्थायी ठेगाना काठमाडौं चन्द्रागिरी नगरपालिकावडा नम्बर १५ तीनथाना बस्दै आएका गोपाल प्रसाद ढुंगेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार उच्च अदालत पाटनले २०७७ साल चैत्र २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख रुपैयाँ जरिवाना गरेकोमा उनी फरार रहेका थिए ।
उनी हाल चितवनमा बसेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रवार बिहान साँढे ९ बजेतिर रत्ननगरनगरपालिका वडा नम्बर ११ जिरौनाबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी चितवन जिल्ला अदालत उपस्थित गराईएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।