बैशाख २८, २०८२ आईतबार

देउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री बनाए : ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा ९एमाले० को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन(तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।

‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । ‘आज एमालेलाई अप्ठ्यारो होला,’ उनले भने, ‘एकछिनलाई जित-हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।’

संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, ‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।’

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]