राष्ट्रिय युवा संघ शिवसताक्षीको अध्यक्षमा फुर्वा
शिवसताक्षी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शिवसताक्षीको नेतृत्व चयन गरिएको छ ।
पार्टीका सक्रिय सदस्य तथा सामाजिक अगुवा शिवसताक्षी ११ का फुर्वा तामाङको अध्यक्षतामा १११ सदस्यीय नगर कमिटी गठन भएको हो ।

बुधबार नेकपा एमाले शिवसताक्षी नगर कमिटीले नगरको जनता बजार स्थित साना किसान सहकारी संस्थाको सभाहलमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय युवा संघ शिवसताक्षीको कमिटी घोषणा भएको हो । उनीहरुले शनिबार नै पदभार र सपथ ग्रहण गरेका छन् । पदाधिकारी तथा सदस्य नाम पार्टीका नगर अध्यक्ष धनबहादुर थेवेले घोषणा गरेका थिए ।
राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य अनिता कन्दङवाले सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको पार्टीका नगर अध्यक्ष धनबहादुर थेवेले बताए ।
कार्यक्रममा नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक,एक नम्बर प्रदेश सदस्य राजीव घिमिरे, झापा निर्वाचन क्षेत्र नम्बर ४ का पार्टीका संयोजक राधाकृष्ण खनाल, पार्टी सचिवालय सदस्य शिव ढुंगेल लगायतले गठित राष्ट्रिय युवा संघका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए ।