बुद्धशान्तिमा कडाई
रोशन भट्टराई
बुधबारे । कोरोना संक्रमण दर उच्च भएपछि बुद्धशान्तिमा कडाई गरिएको छ । गाउँपालिकाले बुधबारदेखि पालिकाभित्र शिल गर्दै चहलपहलमा कडाई गरेको हो । यसअघि लकडाउनको समयमा पसलहरु खोलिए पनि बुधबारदेखि भएको शिलमा भने बुद्धशान्तिका प्रायः सबै पसलहरु बन्द गरिएका छन् ।

१० बजे सम्म मात्र खोल्न अनुमति दिइएका पसलहरुलाई पनि व्यवस्थित बनाउन आफूँहरु लागि परेको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज निराजन कटुवालले जानकारी दिए । त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले पनि सम्पूर्ण बुद्धशान्तिबासीले शिल गरिएको बुद्धशान्तिलाई सुरक्षित बनाउन कार्यान्वयनका लागि अनुरोध समेत गरेका छन् ।
कोरोना संक्रमण नफैलियोस् र बुद्धशान्तिबासी सुरक्षित रहुन् भनेर नै बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा शिल गरेको हो । यस अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु नै उचित हुने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए ।