खेलकुद कुम्भमेलाको भव्य उद्घाटन
एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका छन् ।

मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।