सिर्जनाको रहस्यमय मृत्यु प्रकरण : अनुसन्धान गर्न सीआइवीको टोली झापामा
बिर्तामोड । झापा बिर्तामोडकी सिर्जना बस्नेतको रहस्यमय मृत्युको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को टोली झापा आएको छ । अनुसन्धान जटिल भएपछि सिआइवीको टोली समेत झापा आएको हो ।
असार २८ गते सोमवार बस्नेतको शव फेला परेको थियो । बिर्तामोड–५ मा डेरा गरि बस्दै आएकी बस्नेतको अर्थनग्न अवस्थामा शव फेला परेपछि हत्याको आशंका गरिएको छ । सोहि अनुसार प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो । हालसम्मको अनुसन्धानमा हत्याको कुनै संकेत फेला नपरेको बुझिएको छ ।
जघन्य पिलरमा राखेर गरिएको अनुसन्धान संवेदनशील भएपछि सिआइवीको सहयोग लिइएको छ ।