बैशाख २७, २०८२ शनिबार

ला लिगामा रियलको सानदार सुरुवात

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ ।

शनिबार राति भएको पहिलो खेलमा रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो । रियलको जितमा बेन्जेमाले दुई, नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरे । यता, एलाभेसका लागि जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियल दोस्रो हाफमा गोल वर्षा गर्न सफल भयो । 

खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पारे । ६२ मिनेटमा बेन्जेमाले अर्को गोल गर्दा रियल ३–० ले अघि बढ्यो । अलाभ्सबाट ६५ मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काए । 

तर, खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दा रियलले ४–१ को शान्दार जित निकाल्यो । जुनियरले यसै सिजन रियलमा आबद्ध भएका अष्ट्रियन खेलाडी डेभिड अलाबाको पासमा गोल गर्न सफल भएका हुन् । जितपछि रियलले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]