जेष्ठ ८, २०८२ बुधबार

भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै, मोदीले लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र भएको आज ७५ वर्ष पूरा भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार(आज) बिहानै ट्विटरमार्फत स्वतन्त्रता दिवसको बधाई दिँदै स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहानै राजघाटस्थित महात्मा गान्धीको समाधिमा फूल चढाएर परिक्रमा गरेका छन् ।

आजै उनले लालकिल्लामा आयोजना हुने समारोहमा सहभागी भई देशवासीको नाममा सम्बोधन पनि गर्नेछन् ।

आज पहिलो पटक एयरफोर्सको हेलिकप्टरले फूल बर्साउने कार्यक्रम पनि रहेको बताइएको छ । ओलम्पिक पदक विजेता खेलाडी पनि त्यहाँ उपस्थित हुने बताइएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]