भदौ १ देखि झापामा खुकुलो, मापदण्ड पुरा नगरे कडा लकडाउन गर्ने
बिर्तामोड । व्यवसायीको मागलाई सम्बोधन गर्दै झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । पूर्ण स्वास्थ्य स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको हो ।
डीसीसीएमसीको आज सम्पन्न बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ । यता भेरै भीडभाड हुने खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरिएको छ ।
डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए तापनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ । मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।