एमालेले अध्यावधिकका लागि निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय सदस्यको विवरण
काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।
जसमा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका नेताहरु नाम समेत रहेको छ ।
नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।