जेष्ठ ७, २०८२ मंगलबार

अध्यादेश ल्याउनु गलत हो : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । उनले बुधवार सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताए ।

यस्तो कार्य जसले जहिले गरे पनि गलत हुने बताएका छन् । उनले भनेका छन्, ‘संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत ’

यस्तै उनले हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको जिकिर गरेका छन् । यदि समर्थन गर्नुभए त्यति वेला विरोध गरेकामा सार्वजनिक माफी माग्नुपर्ने समेत उनको भनाइ छ ।

‘संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत’, उनले भने‘ हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यति वेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

यस्तै उनले लगत्तै अर्को ट्विट गर्दै हिजो ओलीले अध्यादेश ल्याउँदा समर्थन गर्ने हरूलाई आज विरोध गर्ने हक पनि नभएको जानकारी दिएका छन् ।

उनले भनेका छन्,‘ गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन, हुँदैन । विरोध गर्ने भए त्यति वेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]