जेष्ठ ७, २०८२ मंगलबार

एमाले जोड्न नमिल्ने भन्दै पार्टीको नाम होली वाइन, चुनाव चिन्ह बाइबल राख्न भण्डारीको आग्रह

बिर्तामोड । झापामा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको चर्को विरोध भएको छ । जिल्लामा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले अध्यादेश फिर्ताको माग गर्दै विरोध जनाइरहेका छन् ।

झापामा मंगलवार र बुधबार नै विभिन्न ठाउँमा आयोजित विरोधसभामा अध्यादेश ल्याएर परमादेश सरकारले एमालेभित्र खेल्न खोजेको आरोप लगाएका छन् । बुधबार पनि जिल्लाको विभिन्न ठाउँमा सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेशको विरोध गरिएको छ । कनकाईको सुरुङामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता पर्वतराज भडारीले अध्यादेश ल्याएर परमादेश सरकारले प्रतिगमनको बाटो तय गरेको आरोप लगाएका छन् । उनले सरकारलाई गलत बाटो रोजे सडकबाटै सत्ता ढालिदिने चेतावनी दिएका छन् । उनले माधव कुमार नेपाल समुहले नयाँ पार्टी बनाउँदा एमाले जोडेकोमा आपत्ति जनाएका छन् ।

फागुन २३ को नजिरले एमाले जोड्न नमिल्ने भन्दै भण्डारीले नेपाल समूहलाई होली वाइन पार्टी र चुनाव चिन्ह बाइबल राख्न सूझाव दिएका छन् । विरोधसभालाई सम्बोधन गर्दै भण्डारीले भने, नेपाल समूहले माग गरे बमोजिम निर्वाचन आयोगले एमाले जोडेर नयाँ पार्टीको नाम दिन मिल्दैन ।

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]