जेष्ठ ७, २०८२ मंगलबार

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बिर्तामोड । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ ।

अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताउनुभयो । आज राति प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने बङ्गालको खाडीमा बनेको निम्न चापीय प्रणालीको प्रभाव पनि परेकाले आज देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]