गरिव विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड । बिर्तामोड झापा स्थित बि एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । यसैक्रममा आज झापाको अर्जुनधारा नगरपालिका २ र ३ का ३६५ जना गरिब तथा विपन्न परिवारका लागि बीमा कार्ड हस्तान्तरण गरिएको हो ।

बि एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाई र अध्यक्ष इन्दिरा गिरीको उपस्थितिमा एक समारोहका बीच उक्त बीमा कार्ड हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा कार्यकारी निर्देशक प्रसाईँले पूर्वाञ्चल क्षेत्रलाई मेडिकल हबका रुपमा विकास गर्न आफू क्रियाशील रहेको बताउँदै आगामी दिन एक हजार परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड बितरण गर्ने योजना रहेको बताए ।
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत एकवर्ष सम्म रु. १ लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क रुपमा प्रदान गर्ने कार्यकारी निर्देशक प्रसाईँले बताए ।