जेष्ठ ६, २०८२ सोमबार

आज विश्व संस्कृत दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व संस्कृत दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।  

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाण्डाैमा आयोजना गरिएको छ । तर, कोरोनाको महामारीका कारण यसपालि सीमित व्यक्तिहरुको उपस्थितिमा  कार्यक्रम हुने छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]