चौधरीको उपचारमा सहयोग गर्न अपील
बिर्तामोड । रेडियम व्याण्ड बिर्तामोडका भोकलिष्ट राजु चौधरीको उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई वोनम्यारो क्यान्सरको उपचारका लागि शनिवार साँझ काठमाडौं लगिएको बिशाल अग्रवालले जानकारी दिए ।

दुई हप्तादेखि बिराटनगरमा उपचाररत चौधरीको त्यहाँ उपचार संभव नभएपछि बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर हस्पिटलमा रेफर गरिएको थियो । विरामीको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि रेफर गरेको छ ।
आर्थिक रुपमा कमजोर रहेका चौधरीलाई उपचारमा सहयोग गर्न सबैलाई अपील गरिएको छ । उदयमान कलाकार चौधरीको जीवन बचाउन आर्थिक रुपमा सहयोगका लागि आग्रह गरिएको हो । उनको बिर्तामोडस्थित सनराइज बैंकको खाता नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।