जेष्ठ १, २०८२ बुधबार

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएको दाबी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गिएको दाबी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका छन् ।

क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो । सभापति देउवालाई सहमतिको प्रतिवेदन आज बेलुका नै बुझाउने समितिको तयारी छ । बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । काँग्रेसको १४औँ महाधिवेशन आउँदो मङ्सिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।

प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार  ३ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]