‘एकीकृत समाजवादी’को घोषणापत्र र अन्तरिम विधान तयार
काठमाडौँ । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार भएको छ ।
हिजो (सोमबार) साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका उक्त पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ ।
घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गरिएको छ । नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको रहेको भन्दै घोषणा पत्रमा समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवाद र दलाल नोकरशाही भएको उल्लेख गरिएको छ ।
यस्तै घोषणा पत्रमा ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने उल्लेख गरिएको छ ।