जेष्ठ १, २०८२ बुधबार

फर्कियो २०७५ जेठ २ मा एमाले

काठमाडौं– नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको छ ।

नयाँ निर्णयसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार बैठकले पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला र सबै तहका कमिटीलाई २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।

एमालेले पार्टीको आन्तरिक एकताका लागि तयार भएको १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीकोरुपमा लैजानेसमेत निर्णय गरेको छ । ज्ञवालीका अनुसार ०७५ जेठ २ को अवस्थामा लैजाँदा आउने समस्या समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्टलगायतका नेताहरु रहेको कमिटी बनाइएको छ । एमालेले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने तथा काठमाडौंमै आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय भएको छ ।

प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]