बैशाख ३०, २०८२ मंगलबार

माओवादी प्रदेश १ को इन्चार्जमा कार्की, झापा इन्चार्जमा धर्मशिला

झापा । नेकपा (माओवादी केन्द्र)ले प्रदेश तथा जिल्ला इन्चार्ज र पदाधिकारी टुङ्ग्याएको छ । केन्द्रीय समितिको म्यण्डेट अनुसार  स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो ।

एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले जिम्मेवारी तोकेको हो ।

संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ताको जिम्मेवारी  पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।

प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।

वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् । मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ ।

लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको जिम्मेवारी पाएका छन् । वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटा (दीपशिखा)ले पाएका छन् 

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]